Logo

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्ष मोरले लिए पद तथा गोपनियताको शपथ ग्रहण

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्ष मोरले लिए पद तथा गोपनियताको शपथ ग्रहण



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष मोरले पद तथा गोपनियताको शपथग्रहण गरेको हो ।

laxmi

२०८० चैत १९ गतेमा सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट उनी निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL