Logo

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन



काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्ने अनुमति पाएको छ । यसअघि उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले थप लगानीका लागि लगानी बोर्डसमक्ष प्रस्ताव गरेकोमा मंगलबार बसेको बोर्डको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

laxmi

यस्तै बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडी बढाइएको हो।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं नजिकिँदै गरेको लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलन सम्मेलन औपचारिकतामा मात्र नहोस् र प्रस्तुत गरिने परियोजनाहरू समेत इच्छासूचीको रुपमा मात्र नहुन भन्दै लगानी सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले विशेष इकाइ नै बनाएर अगाडि बढ्न निर्देशन दिए।

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL