Logo

औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन, २ महिना भित्र प्रतिवेदन पेश गर्न निर्देशन

औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन, २ महिना भित्र प्रतिवेदन पेश गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१३ पुस, काठमाडौं । उद्योग मन्त्रालयले औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले विशेषगरी सुनसरी–मोरङ, विरगञ्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगञ्ज–कोहलपुरमा करिडोर स्थापनाका लागि अध्ययन गर्न समिति गठन गरेको हो ।

दुई महिना भित्र करिडोर स्थापना क्षेत्रका समग्र भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन गरिएको उद्योगमन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले  बताइन् ।
अध्ययन अनुगमन समितिको संयोजकमा उद्योगमन्त्रालय प्रविधि महाशाखा, सह–सचिव ऋषिराज कोइराला रहेको छन् । त्यसैगरी, सदस्यहरुमा औद्योगिक प्रवद्र्धन महाशाखाका उपसचिव विष्णुप्रसाद ढकाल र उद्योग विभाग प्राविधिक निर्देशक रहेका छन् ।

औद्योगिक करिडोर स्थापना भएसँगै उक्त क्षेत्रमा सञ्चालन भएका उद्योगहरुलाई विशेष सुविधा दिइने प्रस्ताव औद्योगिक व्यवसाय ऐनमा रहेको छ । हाल औद्योगिक व्यवसाय ऐन मन्त्रिपरिषदमा पेश भई विधेयक समितिमा छलफलको क्रममा रहेको प्रवक्ता खतिवडाले जानकारी दिइन् । ‘औद्योगिक करिडोर स्थापनाको कानुनी आधार औद्योगिक व्यवसाय ऐन हो,’ उनले भनिन्, ‘त्यसैले जति चाँडो ऐन बन्छ त्यति नै छिटो गतिमा करिडोर स्थापना हुन्छ ।’

देशको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरण बनाउने, उत्पादन र रोजगारीको अवसर बृद्धि गर्ने, उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न औद्योगिक करिडोरले सहयोग गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL