Logo

बाँसबारी घोटालामा सीआइबीले सार्वजनिक गर्यो तीन आरोपित, च्याम्पियनका कारण विनोद चौधरी पनि तानिने

बाँसबारी घोटालामा सीआइबीले सार्वजनिक गर्यो तीन आरोपित, च्याम्पियनका कारण विनोद चौधरी पनि तानिने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले शुक्रबार बाँसबारी छालाजुत्ता घोटालाको आरोपितलाई सार्वजनिक गरेको छ । व्यवसायी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

laxmi

सीआईबीले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यी तीनै जनालाई लामो समयको अनुसन्धानपछि मात्रै पक्राउ गरिएको बताएको छ ।

बाँसबारीमा भएको करिव १० रोपनी जग्गामा चौधरी समुहले जुत्ता उत्पादनका लागि कारखाना खोल्ने भन्दै च्याम्पियन फुटवेयर नामक कम्पनी दर्ता गराएर सरकारबाट जग्गा आफ्नो नाममा लिने काम गरेको थियो । जग्गा आफ्नो नाममा आउने वित्तीकै च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार अरुण चौधरीलगायतले उक्त जग्गा मात्रै आफ्नो नाममा लिनलाई कम्पनी खोलेको नाटक गरेको आरोप लगाएको छ ।

यससँगै अब सीआईबीको अनुसन्धानमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि मुछिने निश्चितजस्तै भएको छ । सीआईबीका अनुसार यस बिषयमा थप गहन अध्ययन हुँदैछ । बाँकी यो मुद्धामा मुछिनेहरुलाई पनि छानविनको दायरामा ल्याईने सीआईबीका एक अधिकारीले बताए ।

खासगरी तत्कालिन अवस्थामा दर्ता गरिएको च्याम्पियन फुटवेयर कम्पनीको प्रमुख सेयर लगानीकर्तामा विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीको नाम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL