Logo

डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले काट्यो हुलास स्टीलको लाइन

डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले काट्यो हुलास स्टीलको लाइन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हुलास स्टीलको विद्युत लाईन काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा यसअघि करिव १४ उद्योगको लाईन काटिसकेको विद्युत प्राधिकरणले सोमबार बिहान हुलासको पनि विद्युत लाईन काटिदिएको हो ।

laxmi

विद्युत प्राधिकरणका अनुसार उक्त उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ छ । प्राधिकरणले पटकपटक उक्त बक्यौता तिर्न ताकेता गर्दा पनि उद्योगले आनाकानी गरेपछि प्राधिकरणले उद्योगको विद्युत लाईन नै काटिदिएको हो ।

यससँगै प्राधिकरणले पुस ७ यता हालसम्म २४ उद्योगको विद्युत लाईन काटिसकेको छ । प्राधिकरणका अनुसार करिव ६१ उद्योगले प्राधिकरणलाई डेडिकेटेड, ट्रंक लाईनमार्फत विजुली प्रयोग गरेवापत उठेको करिव २२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL