Logo

ईसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने

ईसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने



काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’’ ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।

laxmi

शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ । सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको इसेवाले जनाएको छ ।

यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ । फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन् ।

छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन् । क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन । छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL