Logo

चिलिमे जलविद्युत आयोजनाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र सेयरको अनुपात

चिलिमे जलविद्युत आयोजनाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २२ गते सम्पन्न २४३औं संचालक समितिको बैठकले गत वर्षको नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो।

laxmi

यसरी कम्पनीले आफ्नो हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जानकारी दिएको छ । लाभांशमध्ये १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनलाई कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL