Logo

नेपालमा खुल्यो रुवाण्डाको कन्सुलर अफिस, दुई देशबीच व्यापार विस्तारमा सहयोग

नेपालमा खुल्यो रुवाण्डाको कन्सुलर अफिस, दुई देशबीच व्यापार विस्तारमा सहयोग



काठमाडौं । रुवाण्डाले नेपालका लागि आफ्नो कन्सुलर अफिस स्थापना गरेको छ । रुवाण्डा सरकारले उद्योगी प्रज्वलजंग पाण्डेलाई आफ्नो वाणिज्यदूत नियुक्त गर्दै सोमबार एक कार्यक्रमका बीच आफ्नो वाणिज्य दूतावासको स्थापना नेपालमा गरेको हो ।

laxmi

रुवाण्डाको नेपाल हेर्ने राजदूत ज्याक्लिन मुकाङ्गिराले नेपालको लागि रुवाण्डा सरकारले प्रज्वलजंग पाण्डेलाई वाणिज्यदूतमा नियुक्त गरेको र अबका दिनमा दुई देशबीच व्यापार व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बताईन् । साथै उनले कार्यक्रममा बोल्दै दुई देशबीचका उद्योगी व्यवसायीलाई एक आपसमा जोड्दै व्यापार व्यवसाय विस्तार गर्नका लागि समेत आग्रह गरिन् ।

यसैगरी कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउँदले नेपालमा रुवाण्डाको वाणिज्य दूतावास स्थापनासँगै अबका दिनमा दुई देशबीचको व्यापार व्यवसायले थप गति लिने बताए । साथै उनले रुवाण्डाका उद्योगी व्यवसायीलाई नेपालमा आएर लगानी गर्न समेत आग्रह गरेका छन् । साथै नेपालमा रुवाण्डाको लगानी भित्र्याउनका लागि नेपाल सरकारले सहयोग र सहजिकरण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

यसैगरी नेपालमा प्राथमिकताप्राप्त क्षेत्रमा रुवाण्डाको लगानी भित्र्याउन आफुले सक्दो पहल गर्ने नवनियुक्त वाणिज्यदूत प्रवलजंग पाण्डेले बताए । विशेषगरी दुई देशबीच कृषि, पर्यटन र हवाई उड्यनमा व्यापार विस्तार तथा लगानी भित्र्याउन आफुले पहल गर्ने समेत उनले जानकारी दिए ।

कार्यक्रममा परराष्ट्र मन्त्री साउदका साथै उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभाका सांसद तथा अन्य उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL