Logo

Global_Ime

युकेस्थित ट्याङ्गोपेमार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

युकेस्थित ट्याङ्गोपेमार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका



काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत युकेबाट ट्याङ्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेताले आइफोन १५ का साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्नेछन् ।

Laxmi_sunrise
Kumari

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई iPhone जित्ने मौका सुनिश्चित गर्न सक्नेछन्। ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। TangoPay को साझेदारीमा iPhone योजना सुचारू भए संगै अब UK बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई iPhone जित्न सक्नुहुनेछ।“

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC