Logo

कलाकारसँग यती डिष्टिलरीको साझेदारी, ओल्ड दरबार ह्विस्कीको चित्रकारसँग सहकार्य

कलाकारसँग यती डिष्टिलरीको साझेदारी, ओल्ड दरबार ह्विस्कीको चित्रकारसँग सहकार्य



काठमाडौँ । यती डिस्टिलरीले पौभा कलाकार लोक चित्रकारसँग सहकार्य गर्ने घोषणा गरेको छ । ओल्ड दरबारले जारी गरेको विज्ञप्तिमा रचनात्मक साझेदारीले नेपालमा बाह्रै महिना फुल्ने फुललाई जनाउने कलाकृति ‘बाह्रमासे फुलहरु’ प्रस्तुत गर्नेछ । उक्त कलाकृति लोक चित्रकारले हालसालै ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड ह्विस्कीका लागि रचना गरेका हुन् । जसमा कमला श्रेष्ठको कविता ‘कति को दुख दिन्छौ कृष्ण’बाट प्रेरित २० वटा फुलहरु समेटिएको बताइएको छ ।

laxmi

ती फुलहरुमा लालीगुराँस, गोदावरी, गुलाफ, चम्पा, चमेलीलगायत रहेका छन् । जसलाई ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच बोटलमा प्रिन्ट गरिएको छ । विश्वभर आफ्ना कलाकृति प्रदर्शन गरेका चित्रकारलाई २०१३ मा पर्यटन मन्त्रलायले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । ओल्ड दरबार एक्स लोक चित्रकार लिमिटेड एडिसन (सीमित संस्करण), ८ हजार बोटल मात्र सार्वजनिक भएको छ ।

लिमिटेड एडिसन बोटलहरु असोज २९ गतेबाट काठमाडौँ उपत्यका वरिपरि अधिकतम खुद्रा मूल्य ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ओल्ड दरबार एक्स लोक चित्रकार यती डिस्टिलरीले विख्यात नेपाली कलाकारसँग गरेको यसप्रकारको दोस्रो रचनात्मक सहकार्य भएको बुझिएको छ ।

सन् २०२२ मा कम्पनीले ८८४८ राइ भोड्का एक्स छिरिङ शेर्पा लिमिटेड एडिसन बोटलका लागि कलाकार छिरिङ शेर्पासँग सहकार्य गरेको थियो । यसका साथै, लिमिटेड एडिसन बोटल बाहेककोओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की पनि ४,५७५ को खरिद मुल्यमा बजारमा उपलब्घ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL