Logo

सूर्य नेपालले चकलेटको स्वादमा ल्यायो चोको फिल्स कुकिज, मूल्य ३५० रुपैयाँ

सूर्य नेपालले चकलेटको स्वादमा ल्यायो चोको फिल्स कुकिज, मूल्य ३५० रुपैयाँ



काठमाडौं । नेपालको निजी क्षेत्रको व्यवसायिक संस्था सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज ल्याएको छ । बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै कम्पनीले चकलेटले भरिपूर्ण उक्त कुकिज बजारमा ल्याएको हो ।

laxmi

अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको सूर्य नेपालको यो कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य मानिएको छ । समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको स्वादले कुकिज पारखीहरुको मन जित्ने कम्पनीको विश्वास छ ।

त्यस्तै, सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको छ । यो सनफिस्ट डार्क फेन्टासी अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । अब उपभोक्ताहरुले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनका आभास गर्न सक्नेछन् ।

हाल यसका दुईथरी प्याकहरु बजारमा उपलब्ध रहेका छन् । जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको छ । यसैगरी ३०० ग्रामको आकर्षक प्याकेटभित्र २४ वटा छुट्टाछुट्टै पाउच हुन्छन् र यसको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL