Logo

‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान

‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान



काठमाडौँ । सुजल फूड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको बिज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

laxmi

बिज्ञापन अभियानमार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ

बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको सुजल फूड्सले चोकोफनलाई लोकप्रिय उत्पादको सूचीमा राखेको छ । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा चोकोफनको उत्पादन गरिन्छ । यस बिज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL