Logo

युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिकित्ता १५८० रुपैयाँ नगद पाइने

युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिकित्ता १५८० रुपैयाँ नगद पाइने



काठमाडौं । युनिलिभर नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५ सय ८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हालसम्मकै सबैभन्दा धेरै लाभांश यस वर्ष वितरण गर्न लागेको हो ।

laxmi

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीले मंसिर १२ देखि २६ सम्म बुक क्लोज गर्ने भएको छ ।

यसैगरी, यस कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा ६ सय ५० रुपैयाँ नगत लाभांश वितरण गरेको थियो ।

मंसिर ११ सम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । युनिलिभरले आव २०७८–७९ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ लाभांश प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL