Logo

सीजीनेटले सार्वजनिक गर्यो दशैँ क्याम्पेन, ‘ह्याट्रिक दक्षिणा’ मा पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट

सीजीनेटले सार्वजनिक गर्यो दशैँ क्याम्पेन, ‘ह्याट्रिक दक्षिणा’ मा पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट



काठमाडौं । सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासंग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ । सीजी डिजिटल र सीजीनेट विचको सहकार्यमार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

laxmi

साथै, योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२,८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी, २२६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५ सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ ।

कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ । उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL