Logo

फूडमान्डुमा अबदेखि रु ५०० भन्दा कमको पनि फुड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्यो

फूडमान्डुमा अबदेखि रु ५०० भन्दा कमको पनि फुड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्यो



काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले रु. ५०० को न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

laxmi

‘अब ग्राहकहरूले रु.५०० भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र रु. ५० को न्यूनतम शुल्क लाग्नेछ’, कम्पनीले भनेको छ । ग्राहकहरूको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिवर्तन गरेको जनाएको छ । यससँगै अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि रु. ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि रु. २५ र सोभन्दा माथिको दुरीका लागि थप रु. २५ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, रु. १००० भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढीमा रु. ७५ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतिबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागि हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहक वर्गलाई फाइदा हुनेगरि केहि हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरूको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरूलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।”

सन् २०१०देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो पूmड डेलिभरी कम्पनी हो । फूडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरूलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आप्mनो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL