Logo

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन् । शुक्रबार महासंघको २० औं साधारणसभा तथा नवौं महाधिवेशनले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

laxmi

यसअघि महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत हुन् । अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ ।

यस्तै उनको अध्यक्षतामा निवर्तमान अध्यक्ष निरु रायमाझी खत्री, प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, तृत्तिय उपाध्यक्षमा वासन्ती प्रधान, चतुर्थ उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ रहेका छन् ।

यस्तै महासंघको महाससचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भएका छन् । कार्यकारिणी सदस्यहरुमा हिमा विष्ट, निता रेग्मी, शोभा श्रेष्ठ, दिकिला शेर्पा लामा, सरिता तुलाधर, प्रतिभा पाण्डे, शाेनी जाेशी चयन भएका छन् ।

यससँगै संघले २६ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा दुई जना आमन्त्रित सदस्य, एक जना मनोनित सदस्य र सातै प्रदेशका लागि कार्यकारिणी सदस्य पनि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL