Logo

फर्स्ट सोलार डेभलपर्सले ८ मेगावाटको सोलार परियोजना निर्माण गर्ने, प्राकिरणसँग पीपीएमा हस्ताक्षर

फर्स्ट सोलार डेभलपर्सले ८ मेगावाटको सोलार परियोजना निर्माण गर्ने, प्राकिरणसँग पीपीएमा हस्ताक्षर



काठमाडौं । फर्स्ट सोलार डेभलपर्स कम्पनीले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा ८ मेगावाटको भृकुटी ग्रिड टाईड सोलार प्लान्टको निर्माण गर्ने भएको छ । कम्पनीले सौर्य ऊर्जाको उत्पादन गर्ने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो । यो आयोजनाले ४ हजार नेपाली घरधुरीको खपत बराबर १५.१ प्रति वर्ष स्वच्छ ऊर्जा उत्पादन गर्ने बताईएको छ ।

laxmi

फर्स्ट सोलारको पीपीएमा नेपाल विद्युत प्राधिकरणको पावर ट्रेड विभागका निर्देशक प्रबल अधिकारी र फर्स्ट सोलार डेभलपर्स लिमिटेडका प्रबन्ध निर्देशक राजकुमार थापाले नेपाल विद्युत प्राधिकरणको पावर ट्रेड विभागका प्रबन्धक विक्रम पौडेल र ग्लोबल इक्विटी फण्डका कार्यकारी निर्देशक डा. मनिष थापाको उपस्थितिमा हस्ताक्षर भएको हो ।

यो परियोजनाले एसियाली विकास बैंक अन्तरगको जलवायु लगानी सुविधा अन्तर्गत भाएविलिटी ग्याप फण्डिङ (भीजीएफ) प्राप्त गरेको छ । साथै यसले एफएमओ, एक्सेस पावर र सोलार प्लाजाद्वारा आयोजित सोलार शार्क ट्याङ्क प्रतियोगितामा सोलार शार्क ट्याङ्क २०१८ अन्तर्गत १ लाख डलर अनुदान जितेको थियो ।

यस परियोजनाले उर्जा इम्प्याक्ट फन्डबाट इक्विटी लगानी पनि सुरक्षित गरेको छ जुन ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सद्वारा संयुक्त रूपमा प्रबन्धित कोष हो जसले नेपालमा हरित ऊर्जा रूपान्तरण र नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL