Logo

नेपालसँगै दक्षिण एशियामै चिनियाँ लगानी आवश्यक छ : सार्क चेम्बरका कार्यवाहक अध्यक्ष चण्डीराज ढकाल

नेपालसँगै दक्षिण एशियामै चिनियाँ लगानी आवश्यक छ : सार्क चेम्बरका कार्यवाहक अध्यक्ष चण्डीराज ढकाल



काठमाडौं । सार्क चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष चण्डीराज ढकालले नेपाललगायत दक्षिण एशियामै चिनियाँ लगानी आवश्यक रहेको बताएका छन् ।

laxmi

चीनमा आयोजित १२ औं चाईना सिचुवान साउथ इस्ट एशिया विजनेश लिडरसिप समिटमा बोल्दै उनले दक्षिण एशियाका विभिन्न देशहरुले चीनको लगानी पर्खिरहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्षसमेत रहेका ढकालले नेपालमा लगानीको सहज वातावरणको निर्माण भएको र यसले चिनियाँ लगानीलाई लोभ्याउने बताए ।

‘चीनको सहयोगमा पोखरामा निर्माण भएको अन्तरराष्ट्रिय विमानस्थलले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहयोग गरेको छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यसैगरी नेपालका पर्यटनलगायत अन्य क्षेत्रमा पनि लगानी बढाएर चीनले पनि आफु फाईदा लिन सक्छ ।’

उनले पछिल्लो समय चीनले बीआरआई परियोजनामार्फत विभिन्न देश जोड्ने प्रक्रियाले भूपरिवेष्ठित राष्ट्रलाई केहि आशा जगाएको बताए ।

कार्यक्रममा लाओस, भारत, भियतनाम, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एशियाली राष्ट्रहरुका पदाधिकारीहरुको सहभागिता थियो । सबैले कार्यक्रममा आफ्नो धारणा राख्दै बीआरआईमार्फत सार्क राष्ट्रहरुमा लगानी गर्न आउन चीनलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपालको तर्फबाट ढकालको नेतृत्वमा सार्क कार्यसमिति सदस्य डा क्योर गौतम, शेरसिंह भाट, आरएस भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL