Logo

Global_Ime

यस्ता छन् प्रभु महालक्ष्मी लाइफले एकीकृत कारोबारपछि ल्याउने पन्ध्रवटा बीमा योजनाहरू

यस्ता छन् प्रभु महालक्ष्मी लाइफले एकीकृत कारोबारपछि ल्याउने पन्ध्रवटा बीमा योजनाहरू



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तीव्र गतिमा तयारी भइरहेको छ । एकीकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा बिक्रीको लागि ल्याउने बीमा योजनाहरू (प्रडक्ट) छनोट भएको छ ।

Laxmi_sunrise

दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषण पछि श्रावण १ गतेबाट बिक्री वितरणको लागि पन्ध्र वटा बीमा योजनाहरू (प्रडक्ट) छनौट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्त भइसकेको छ ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरूलाई समेत विचार गरी पन्ध्र वटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ । स्वीकृत बीमा योजनाहरूमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा योजना रहेको छ ।

त्यस्तै, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL