Logo

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, के मा कतिले बढ्यो ?

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, के मा कतिले बढ्यो ?



काठमाडौं । नेपाल आयल निगमलाई भारतीय भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । यसपल्ट आईओसीले साविकको तुलनामा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढाएर पठाएको हो ।
भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नेपाल आयल निगममा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आईपुग्छ ।

laxmi

सोही अनुसार आईओसीले शुक्रबार पेट्रोलियमको मूल्य बढाएर पठाएको हो । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ तथा डिजेल १ सय ५५ रुपैयाँमा कारोबार हुँदै आएको छ । यो मूल्य नेपाल आयल निगमले तोकेको हो । भारतबाट मूल्य घटबढ भएर आएपनि नेपालमा पनि सोही अनुसार मूल्य घटबढ हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL