Logo

निजी क्षेत्रलाई उर्जा मन्त्रीको आह्वान : विद्युत व्यापारका लागि तयार हुनुस,अब विद्युत विधेयक छिट्टै कार्यान्वयनमा आउँछ

निजी क्षेत्रलाई उर्जा मन्त्रीको आह्वान : विद्युत व्यापारका लागि तयार हुनुस,अब विद्युत विधेयक छिट्टै कार्यान्वयनमा आउँछ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लगि तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

laxmi

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)को २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् ।

इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेपछि विद्युत उत्पादन छोटो समयमै ३ हजार मेगावाट पुगेको र अब व्यापारको लागि पनि निजी क्षेत्र नआइ नहुने अवस्था आएको बताएका थिए ।

त्यसको जवाफमा मन्त्री बस्नेतले अब विद्युत व्यापारका लागि पनि निजी क्षेत्र तयारी अवस्थामा बस्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमण एउटा ब्रेक थ्रु भएको भन्दै अहिले परिस्थिती धेरै परिवर्तन भइसकेको मन्त्री बस्नेतले बताए । ‘न भारत हिजोको ठाउँमा छ, न नेपाल हिजोको जस्तो छ ।’ उनले भने ।

१० हजार मेगावाट ‘भन्ने कुरा न हुन’ भनेको पनि सुनिएको भन्दै ऊर्जा मन्त्री बस्नेतले यो सम्भव भएको दाबी गरे । ‘सम्भव नभइ त निर्णय हुन पनि सम्भव थिएन निर्णय हुनु नै यो सम्भव हुनु हो कार्यान्वयनमा जान्छ ढुक्क हुनुस’, उनले भने ।
अहिले बुझाइ र परिस्थितिमा ग्याप भएपनि आगामी १० वर्षभित्र १० हजार मात्रै होइन १५र२० हजार मेगावाट विद्युत व्यापार गर्ने परिस्थिती बन्ने उनले दाबी गरे ।

उत्पादनमा हामी ‘सरप्लस’ भएपछि भारत, बंगलादेश लगायतका मुलुकसँग व्यापारको कुरा गर्यौ । तर पूर्वाधारको निर्माण ठूलो आवश्यकता भएको छ । लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउने लगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्छ । उत्पादन गरेर मात्र पुग्दैन । पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको मन्त्री बस्नेतले बताए ।

‘सरकारले लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य हासिल गर्नकै लागि निर्धारण गरेको छ । तपाईंहरूका अफ्ठ्यारा कुनै पनि बेला लिएर आउनुस । हामी तदारुकताका साथ हल गर्ने छौ ।‘ उनले भने, ‘मुलुकको समृद्धिको निम्ति आधार भनेकै ऊर्जा हो ।’
उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभाव जस्तो देखएपनि निर्माणाधिन प्रसारणलाइन र सवस्टेशनहरु बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि उनले बताए ।

ऊर्जा मन्त्रालयले ‘विकासको लागि ऊर्जा’ अभियान सुरु गर्न लागेको भन्दै खपत गर्ने क्षमता वृद्धिको अभियानमा सतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरयासी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिंचाई, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले बताए ।

‘ऊर्जा क्षेत्रको ब्रेक थ्रुको संघारमा पुगेका छौ । नेपाल सरकार, निजी क्षेत्र सबैको योगदानबाट आज यो ठाउँमा पुगेका छौ । सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार छ । बजेट निर्माण लगायतका काममा व्यस्त हुँदा विद्युत विधेयक पहिला संसदमा लैजान सकेनौ । अब केहि दिनमै यो विधेयकले संसदको कार्यक्षेत्रमा प्रवेश पाउने छ । अब निजी क्षेत्रले व्यापार गर्ने बेला आएको छ । तपाईहरू तयार हुनुस । सरकार हातेमालो गरेरै अघि बढ्छ’, मन्त्री बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL