Logo

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन उद्घाटन

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन उद्घाटन



काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । कम्पनीका सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् ।

laxmi

करिव तीन हजार २२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, बीमा अभिकर्ता लगायतको उपस्थिति रहेको थियो । यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरूमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले बताए ।

त्यस्तै, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतनामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL