Logo

धमाधम दर्ता हुँदै टायल उद्योग, ४ अर्ब लगानीमा रमेश कर्पले पनि नयाँ उद्योग खोल्ने

धमाधम दर्ता हुँदै टायल उद्योग, ४ अर्ब लगानीमा रमेश कर्पले पनि नयाँ उद्योग खोल्ने



काठमाडौं । नेपालको विभिन्न क्षेत्रमा लगानी गरेको रमेश कर्पले अब टायल उद्योगमा हात हालेको छ । नेपाली उद्योगी व्यवसायीहरु नेपालमा टायल बनाउने उद्योगतर्फ आकर्षित भईरहँदा रमेश कर्पले पनि टायल उत्पादन गर्नेगरी उद्योग स्थापना गर्न लागेको हो ।

laxmi

कम्पनीले नवलपरासीको बर्दघाटमा कारखाना स्थापना गर्नेगरी उद्योग विभागबाट गत आईतबार मात्रै स्वीकृति पाएको हो । कम्पनीले भारतको कजरिया सेरामिक्ससँगको सहकार्यमा उक्त उद्योग स्थापना गर्न लागेको हो । उद्योग विभागका अनुसार उक्त रमेश कर्पले स्थापना गर्न लागेको परियोजनामा ५० प्रतिशत वैदेशिक लगानी र ५० प्रतिशत स्थानीय लगानी रहनेछ । कुल ४ अर्ब रुपैयाँ लगानी तोकिएको उक्त परियोजनाले ४ हजार केभिए बिजुलीको खपत गर्दै बार्षिक ८० लाख वर्गमिटर भुईँ र पर्खालमा प्रयोग हुने टायल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

यस्तै उक्त उद्योगमा ५ सय १५ जनाले रोजगारी पाउने पनि उद्योग विभागले जानकारी दिएको छ । रमेश कर्पले हालसम्म लगानी, सूचना प्रविधि, रियल स्टेट, बीमा, खानी, बैंकिलगायत क्षेत्रमा लगानी गरेको छ । त्यतिमात्रै होईन कम्पनीको विद्युतीय सामग्री उत्पादन गर्ने अर्को कम्पनी लिटमस केबलले नेपालमा गुणस्तरिय केबल तथा विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आईरहेको छ । अब भने कम्पनीले निर्माण क्षेत्रको टायल उद्योगमा पनि लगानी अघि सारेको हो । कम्पनीले भैरहवामा १० बिगाह जग्गा लिएरा टायल उद्योगका लागि प्लान्ट स्थापना गरिरहेको छ ।

यता नेपालमा टायल उद्योगको कुरा गर्दाका नेपालमा चैत र बैशाखमा मात्रै ४ ओटा टायल उद्योगमार्फत १० अर्ब बढीको लगानी प्रतिवद्धता आईसकेको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार यसअघि चैतमा मात्रै विभागमा ३ अर्ब २८ करोड लगानीको अरिहन्त इन्फ्रास्ट्रक्चर, १ अर्ब ८१ करोड लगानीको सेराप्रो र ९५ करोड रुपैयाँ लगानीको पशुपति सेरामिक्स कम्पनी दर्ता भएका थिए ।

यी तिनै उद्योगले नेपालका विभिन्न स्थानमा कारखाना स्थापना गरेर सेरामिक्स टायल उत्पादन गर्नेगरी विभागसामु प्रतिवद्धता जाहेर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL