Logo

डिजी पेद्वारा विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थासँग सहकार्य, डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा

डिजी पेद्वारा विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थासँग सहकार्य, डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमति प्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ । आइतबार पत्रकार सम्मेलन गरी डिजी पेले डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको जनाएको हो ।

laxmi

डिजी पे माव्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुनसक्ने जनाएको छ । स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको डिजी पेले जानकारी दिएको छ ।

फ्रान्चाइजीहरू लेडिजी पे सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको लक्ष्य पुरा भएको अवस्थामा प्रतिमहिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरू प्राप्त गरी बजार विस्तार र प्रचारप्रसारबाट उच्च मुनाफाआर्जन गर्न सक्ने जनाइएको छ । आबद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, टेलिभिजन र दैनिक पत्रिकामार्फत विज्ञापन, स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट तथा अन्य सेवाहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL