Logo

डाबर नेपालले ९ अर्ब ६८ करोड लगानी थप्दै, पुनर्लगानीका लागि सम्झौता सम्पन्न

डाबर नेपालले ९ अर्ब ६८ करोड लगानी थप्दै, पुनर्लगानीका लागि सम्झौता सम्पन्न



काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा बिहीबार निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

लगानी बोर्डको कार्यालयमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका विजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि लगानी बोर्डको ४९ औं बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपाल प्रालिले पेस गरेको क्षमता अभिवृद्धि तथा विविधिकरणसम्बन्धी परियोजना प्रस्ताव अनुसार ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुने भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् डाबर नेपालका विजनेस हेड वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे ।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL