Logo

मेटलाइफद्धारा ‘हेलो बिमा’ कमिक्स भिडियो सार्वजनिक, बिमाको महत्वबारे जनचेतना जगाउने

मेटलाइफद्धारा ‘हेलो बिमा’ कमिक्स भिडियो सार्वजनिक, बिमाको महत्वबारे जनचेतना जगाउने



काठमाडौं । मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बिमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ ।

laxmi

जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

उक्त भिडियोमा पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, जसमा सेवाको फाइदाहरू र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू जस्तै प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, जोल्ट बीमालेख पुनस्र्थापना गर्ने कदमहरू र बीमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ ।

यस शृंखलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्नेबारे जानकारीका साथ समाप्त हुनेछन् ।

मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘मेटलाइफले विश्वभरका परिवारहरूलाई १५५ वर्षदेखि आर्थिक रूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । बीमा सम्बन्धि ज्ञान मनोरञ्जनात्मक तथा पहुँच योग्य तरिकामा देशैभर रहनु भएका आम नागरिकमा पुर्याउन पाउँदा गौरवान्वित छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL