Logo

इलाएटी बजारमा : ३०० मि.लिको प्याकमा उपलब्ध, मूल्य ८० रुपैयाँ

इलाएटी बजारमा : ३०० मि.लिको प्याकमा उपलब्ध, मूल्य ८० रुपैयाँ



काठमाडौं । सब्रत एग्रो प्रा. लि. आफ्नो बहुप्रतिक्षित उत्पादन इलाइटी हालै काठमाडौंको बजारमा ल्याएको छ । सन् २०२१ म स्थापित, सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो ।

laxmi

शिवपुरी, बुढानिलकण्ठको फेदमा अवस्थित बुटिक प्लान्टमा ससानो ब्याचमा बनाइएको अलैंची, इलाएटी, कुनैपनि आईस टि पारखीले प्रशंसा नगरि बस्न सक्दैनन् । ह्यान्डपिक गरिएको अलैंची, एलाएटीको सबैभन्दा महत्वपूर्ण सामग्री मध्ये एक हो, जसले एक उत्कृष्ट स्वाद थप्छ जुन पुरातन समय देखि प्रयोग हुँदै आइरहेको छ ।

यसको भिन्न सुगन्ध र स्वादको साथले गर्दा, इलाएटीको हरेक चुस्कीले एउटा कथा भनिरहेको भान हुन्छ । इलाएटी एउटा सानो पापरवारिक व्यवसायबाट आएको हो जुन पुस्तौ देखि अलैंची खेतीमा संलग्न छ । इलाएटी कुनै पनि चिया पारखिको लागि एक अद्वितीय र विशेष संकलन हुन सक्छ ।

इलाएटी ३०० मि. लि. को प्याकमा बजारमा उपलब्ध छ जसको मूल्य रु. ८० तोकिएको छ । कम्पनीका सीईओ नितेश कटुवालले नेपाली आइस्ड टि उद्योगमा इलाएटीले महत्वपूर्ण प्रभाव पार्ने र यो उत्पादनले उपभोक्ताको मन जित्नेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL