Logo

५ जलविद्युत आयोजनाका लागि १ खर्ब ४६ अर्ब लगानी स्वीकृत, नेपालमै मल उत्पादन गर्ने प्रस्ताव सदर

५ जलविद्युत आयोजनाका लागि १ खर्ब ४६ अर्ब लगानी स्वीकृत, नेपालमै मल उत्पादन गर्ने प्रस्ताव सदर



काठमाडौं । लगानी बोर्डले विभिन्न ५ आयोजनामार्फत १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको बोर्डको ५३ औं बैठकले ५ ओटा जलविद्युत परियोजनाका लागि १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत गरेको हो ।

laxmi

बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । यस्तै यस परियोजनाका लागि विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

यस्तै बोर्डले १ सय २ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत परियोजनाको ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी २ (जलेश्वर) जलविद्युत परियोजनाको २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि ७.९३ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बैठकले जर्मनी कम्पनीले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ । यसैगरी ग्रिन क्याल्सियम एमोनियम नाईट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको रे निकोला होल्डीङले पेश गरेको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ।

बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL