Logo

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण सम्पन्न, ५०० बढीको सहभागिता

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण सम्पन्न, ५०० बढीको सहभागिता



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा कोशी प्रदेश र मधेस प्रदेशबाट ५०० जना भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका थिए । उक्त कार्यक्रममा विशेष कारणवश देश बाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गरेका थिए । उनले किसिमको कार्यक्रमले सिकाइमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बई बाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL