Logo

भारतबाट पुनः घटेर आयो पेट्रोलियमको मूल्य, नेपालमा के होला ?

भारतबाट पुनः घटेर आयो पेट्रोलियमको मूल्य, नेपालमा के होला ?



काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको घटेको मूल्यसूची पठाएको छ । हरेक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने व्यवस्था अनुसार यसपल्ट भारतले नेपाललाई घटेको मूल्यसूची पठाएको हो ।

laxmi

अन्तरराष्ट्रिय बजारमै कच्चा पेट्रोलियमको मूल्य घटेपछि भारतले पनि मूल्य केहि घटाएर पठाएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । उनका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ ।

नेपाली बजारमा हाल पेट्रोल प्रति लिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ । नेपालमा भने मूल्य घट्ने वा बढ्नेबारे निगमले छलफलपछि मात्रै निर्णय गर्ने उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL