Logo

रिलायबल नेपाल लाइफको सामाजिक उत्तरदायित्व, सडक डिभाइडर सहयोग

रिलायबल नेपाल लाइफको सामाजिक उत्तरदायित्व, सडक डिभाइडर सहयोग



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको सो कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको हो ।

laxmi

यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धि विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए ।

साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी लागेका बताए । उनले आगामी दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL