Logo

मनकामना दर्शन प्रालिको सामाजिक उत्तरदायित्व, शहिद लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

मनकामना दर्शन प्रालिको सामाजिक उत्तरदायित्व, शहिद लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण



काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकाको विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र (4 wd JIVO 245 DI) ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ ।

laxmi

कुरिनटारस्थित अग्नी इन्कर्पोरेटेड प्रालिको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रालिका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

उक्त ट्रयाक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेमा हामी विश्वश्त छौ । हामी सदैब हाम्रो सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL