Logo

उर्जा संकट टार्न नयाँ अध्ययन : सहारा मरुभूमिको १.२ प्रतिशत स्थानमा सोलार प्यानल राखे विश्वलाई उर्जा पुग्ने

उर्जा संकट टार्न नयाँ अध्ययन : सहारा मरुभूमिको १.२ प्रतिशत स्थानमा सोलार प्यानल राखे विश्वलाई उर्जा पुग्ने



काठमाडौं । हाल विश्व नै उर्जा संकटको भूमरीमा छ । धेरैजसो देशहरुले आफ्नो उर्जा संकट टार्नका लागि विभिन्न उपायहरु अपनाउने गरेका छन् । विश्वभर अनवीकरणीय उर्जा मानिएको कोईला, ग्याँस, प्राकृतिक तेललगायतको भण्डार सकिन लागेको बषौंदेखि बताउँदै आईएपनि यसका विकल्पका रुपमा ग्रिन ईनर्जी अर्थात नविकरणिय उर्जालाई प्राथमिकता धेरै देशले दिने गरेका छन् ।

जसमा जलविद्युत्, ज्वारभाटा उर्जा केन्द्र, सौर्य उर्जालगायतलाई प्रमुख स्थान दिईएको छ । सोही अनुसार हालै गरिएको एक अध्ययनले भने सौर्य उर्जामा नयाँ आयाम थपिदिएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अध्ययन अनुसार विश्वभर देखिएको उर्जा संकटबाट मुक्त हुनका लागि सहारा मरुभूमिको १.२ प्रतिशत क्षेत्रमा मात्रै सोलार प्यानल जडान गरे पुग्ने बताईएको छ ।

करिव ३६ लाख वर्ग माईलमा फैलिएको सहारा मरुभूमीमा गर्मी याममा तापक्रम अघिकतम ३४ डिग्री सेल्सीयससम्म पुग्छ र १२ घण्टा घाम लाग्छ । सोही मौकालाई पछ्याउँदै तोकिएको स्थानमा सोलार प्यानल फिट गरेर विजुली उत्पादन थालिए त्यसले विश्वभरको माग धान्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

सोही अनुसार लण्डनस्थित ट्युनुर कम्पनीले युरोपमा विजुलीको माग आपुर्तिका लागि काम सुरु पनि गरिसकेको छ । कम्पनीले ट्युनिसियाको सरकारी अनुमतिमा ४.५ गिगावाट क्षमताको एकत्रित सौर्य उर्जा (सीएसपी)परियोजना अघि बढाउन लागेको हो ।
उक्त परियोजना निर्माण भएपश्चात कम्पनीले भूमिगत प्रशारणलाईनमार्फत युरोपका माल्टा, ट्युनिसिया, फ्रान्सलगायतका देशमा विद्युत पुर्याईनेछ ।

उक्त परियोजना ट्युनिसियाको रेजिम माटोगमा निर्माण हुनेछ । यदि परियोजना पुर्ण रुपमा निर्माण भएको अवस्थामा परियोजनाले ३ ओटा म्यानहट्टन सहर अट्ने क्षेत्रफल ओगट्नेछ ।

उक्त परियोजनामा लाखौं घुमाउरो अर्थात कन्केभ ऐना जडान गरिनेछ । चारैतिर ऐन जडान गरेपछि ति ऐनको एकत्रित प्रकाश केन्द्रमा पर्नेगरी २ सय मिटर अग्लो सीएसपी टावर राखिनेछ । उक्त टावरमा रहेको मोल्टेन र पानी ऐनाबाट आएको परावर्तित प्रकाश कारण ताप्नेछ र पानी वाफमा परिणत भएर जेनरेटर चलाउनेछ भने मोल्टेन रातिको समयका लागि भण्डारण गरिनेछ ।

मोल्टेनमा तापक्रम संचयन गर्न सक्ने गुण भएकाले दिनभरी प्रकाशको किरणले तापेर लाभा भएको मोल्टेनलाई राती प्रयोगमा ल्याउने योजना परियोजनाको छ । उक्त परियोजनाबाट सहारा मरुभूमि आसपासका देशका करिव २० लाख नागरिक लाभान्वित हुने बताईएको छ ।

सहारा मरुभूमिमा ट्युनुर कम्पनीले सोलार पावर प्लान्ट राख्ने योजना बनाईराख्दा अन्य देशका उर्जा उत्पादकहरुले पनि यसमा चासो देखाएका छन् । अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL