Logo

खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूको टिकट खरिद गर्न सकिने

खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूको टिकट खरिद गर्न सकिने



काठमाडौँ । खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूमा टिकट खरिद गर्न सकिने भएको छ ।

पछिल्लो पटक सिटी म्याक्स सिनेमा – बागबजार (काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएसँगै यो संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।

खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिजमा सहज भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन कम्पनी लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL