Logo

महालक्ष्मी लाइफको “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम कुस्मा, गौर र ढल्केवरमा सम्पन्न

महालक्ष्मी लाइफको “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम कुस्मा, गौर र ढल्केवरमा सम्पन्न



काठमाडौँ । पुस ४ गतेदेिख प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको छ । समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

पुस २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । यसैगरी पुस २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ ।

महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेशकुमार साहले गरेका थिए । ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए ।

यसैगरी धनुषाको ढल्केवरमा पनि पुस २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए भने पुस २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
MBL