Logo

Global_Ime

फ्रेट फरवाडर्स एशोसीएसनको अध्यक्षमा मनोज अधिकारी निर्वाचित, यस्तो छ १५ सदस्यीय कार्यसमिति

फ्रेट फरवाडर्स एशोसीएसनको अध्यक्षमा मनोज अधिकारी निर्वाचित, यस्तो छ १५ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एशोसिएसन (नेफा)को अध्यक्षमा मनोज अधिकारी निर्वाचित भएका छन् । संस्थाको २२औं वार्षिक साधारण सभा तथा निर्वाचनमा अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदस्सीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको हो ।

laxmi bank orange saving
NABIL

संघको नवनिर्वाचित कार्यकारिणी समितिको अध्यक्ष्मा मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेश कुमार अग्रवाल, महासचिव अशोक मान कपाली, कोपाध्यक्ष हरि प्रसाद ढकाल, सचिव ईश्वर बहादुर गुरुङ्ग, सहकोषाध्यक्ष सुजन कुमार न्यौपाने चयन भएका छन् । यस्तै कार्यकारिणी समिति सदस्यमा प्रनिल मान सिंह प्रधान, संजिव अर्याल, सीता अधिकारी, सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगा राम पुडासैनी र गंगा बहादुर राया निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले उपस्थित सबैलाई स्वागत गर्दै नेपाली लोजिस्टिकको प्रवर्द्धन, कोभिडको आक्रान्त समयमा पनि नेपाली आयात निर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डरसहरुको भूमिका तथा यस व्यवसायमा टीडीएसबाट परेको समस्याको बारेमा जानकारी गराए ।

मन्तव्यको क्रममा उनले नेपालको निकासी पैठारी व्यापारमा सहजीकरण तथा नेपाली व्यवसाय विकासका लागि संघ तथा संघका सदस्यहरुबाट निर्वाह गरेको भूमिकालाई कदर गर्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस नेपाल हस्तकला महासंघ नेपाल निर्यात परिषद द्वारा बस्तुगत तर्फ उत्कृष्ट संघको अर्वाडवाट विभूषित गरेको सभामा जानकारी दिए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधान, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले मन्तव्य व्यक्त गर्नु गरेका थिए । संघका महासचिव अशोक मान कपाली तथा कोषाध्यक्ष हरि प्रसाद ढकालले क्रमशः वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc