Logo

Global_Ime

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश, समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश, समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स मंसिर २८ गतेदेखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई उक्त सहयोग गरेको हो ।

laxmi bank orange saving
NABIL

समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक दिपक संजेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो ।

यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc