Logo

GBIME

गणपति लघुवित्त वित्तीय संस्थाको छैठौ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

गणपति लघुवित्त वित्तीय संस्थाको छैठौ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते विभिन्न कार्यक्रम गरी आफ्नो छैठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४०,१०५ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

Laxmi

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैठौ बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय र ४३ वटा शाखा कार्यालयहरु मार्फत विविध सामाजिक क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम संचालन गरी बार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

केन्द्रिय कार्यालय मार्फत पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ती आश्रममा बृद्धबृद्धाहरुको लागि बिहानी भोजन तथा अन्य सहयोग सामाग्रीहरु संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले उक्त बृद्धाश्रमका अध्यक्ष श्री प्रेम लिगल मार्फत हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC