Logo

गार्मेन्ट एसोसीएसनको प्रतिनिधिमण्डल भारतमा, अन्तरराष्ट्रिय टेक्सटाइल सोर्सिङ प्रदर्शनीमा सहभागी

गार्मेन्ट एसोसीएसनको प्रतिनिधिमण्डल भारतमा, अन्तरराष्ट्रिय टेक्सटाइल सोर्सिङ प्रदर्शनीमा सहभागी



काठमाडौं । गार्मेन्ट एसोसीएसनको एक प्रतिनिधिमण्डल भारतको नयाँ दिल्लीमा आयोजित अन्तरराष्ट्रिय टेक्सटाइल सोर्सिङ प्रदर्शनीमा सहभागी भएको छ । डिसेम्बर ८ देखि १० सम्म आयोजना हुने उक्त प्रदर्शनीमा गार्मेन्ट एसोसीएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल त्यहाँ पुगेको हो ।

laxmi

प्रदर्शनीमा द्वितीय उपाध्यक्ष भूपेन्द्र के बस्नेत, महासचिव भीम के गिरी, सहसचिव बसन्त आर अधिकारी, कोषाध्यक्ष सञ्जय के अग्रवाल, कार्यसमिति सदस्य थोमनाथ बस्याल, सचिन्द्र प्रधानाङ, सतीश गिरी, एनएस एक्सपोर्ट्स प्रालिका रोहित सेठी र शिव शक्ति गार्मेन्टस् प्रालिका शिव प्रसाद भट्ट सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL