Logo

सिटी एक्सप्रेसद्वारा “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । काठमाडौंस्थित होटल अलफ्टमा आयोजित एक कार्यक्रममार्फत मेगा बम्पर उपहार विजेतालगायतलाई उपहार हस्तान्तरण गरिएको हो ।

laxmi

साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, युकेबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन प्रदान गरिएको छ ।

यस्तै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापानबाट रेमिटान्स पठाउने रवीन्द्र मानन्धरलाई १० तोला चाँदी र कुवेतबाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चाँदी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL