Logo

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर



काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।

laxmi

समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे ।

सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । यस कम्पनीले शौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL