Logo

सेन्साईको टेलिभिजन किन्दा ३० हजार रुपैयाँसम्म छुट पाइने

सेन्साईको टेलिभिजन किन्दा ३० हजार रुपैयाँसम्म छुट पाइने



काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकपलाई लक्षित गर्दै ‘विश्वकप च्याम्पियन अफर’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथसाथै, १ जना ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन ।

कम्पनीको अनुसार ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ । यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागु हुने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन । कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL