Logo

बलेफी ‘ए’लाई बैंकको ऋण जुट्यो, पाँच बैंकले सवा अर्ब लगानी

बलेफी ‘ए’लाई बैंकको ऋण जुट्यो, पाँच बैंकले सवा अर्ब लगानी



बिजखबर संवाददाता,
काठमाडौं । सिन्धुपाल्चोकमा निमार्ण हुने बलेफी ए जलविद्यूत आयोजनामा विभिन्न ५ ओटा बैंकले सवा १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । १० दशमलव ६ मेगावाट क्षमताको उक्त आयोजनामा नेपाल बंगलादेश बैंक लिमिटेडको नेतृत्वमा ५ बैंकले १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । आयोजनामा लगानी गर्ने सम्बन्धमा आयोजनाको प्रवद्र्धक मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेड र बैंकबीच सम्झौता भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक तथा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले मिलेर उक्त आयोजनामा लगानी गर्ने भएका हुन् । कुल लागत १ अर्ब ७४ करोड रहेको सो आयोजनामा प्रवद्र्धक मुनलाइृटले करिब ५४ करोड स्वपुँजी लगानी गर्नेछ । आयोजना ७०ः३० को ऋण र स्वपुँजी संरचनामा बनाउन लागिएको हो ।  आयोजनामा वैदेशिक लगानीअन्तर्गत जापानको ‘ई’ एन्ड ‘डी’ कम्पनीको पनि सेयर स्वामित्व रहेको जानकारी दिइएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेको गोल्चे र सिलाङ गाविसमा पर्ने बलेफी खोला जलविद्यतु आयोजनामा लगानी गर्ने सम्बन्धमा नेपाल बंगलादेश बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र मुनलाइट हाइड्रोपावर कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले हस्ताक्षर गरेका छन् । आयोजनाबाट वार्षिक ९ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना र नेपाल विद्यतु  प्राधिकरणबीच करीब एक वर्षअघिनै विद्युत खरिद बिक्री सम्झौता भएको थियो ।  आयोजना २०७५ असार १ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL