Logo

दीर्घकालिन रोगीलाई उपचार गर्न हस्पाइस नेपालले नयाँ भवन बनाउने

दीर्घकालिन रोगीलाई उपचार गर्न हस्पाइस नेपालले नयाँ भवन बनाउने



काठमाडौं । दीर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ । हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर (नाफा मुलक, गैर(सरकारी संस्था हो । देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले २०५७ सालमा यसको स्थापना भएको थियो ।

यसले लगनखेलमा आठ र्शैयाको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्ने जनाएको छ । काठमाडौंको लगनखेलमा सामुदायिक सेवा अन्तर्गत लगनखेलमा आठ शैयाको एकाइमा र मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दछ ।

यी दुवै अस्पतालमा सेवाहरु निशुल्क हुनेछन् । देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ ।

यसको लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ । प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते शिलान्यास गरिएको हो । यसको स्थापनाले मुलुकमा उपशामक सेवाको नयाँँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL