Logo

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका, अफर कार्तिक २६ सम्म मात्र लागू हुने

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका, अफर कार्तिक २६ सम्म मात्र लागू हुने



काठमाडौं । चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ ।

खल्ती मार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म मात्र लागू हुनेछ।

यसअघि पनि भाद्र १९ २०७९ देखि असोज १८ सम्म दसैँ समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए ।

यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो भने यो अफर पुनः असोज २७ देखि कार्तिक २६ , २०७९ सम्म थप गरिएको छ। अफरमा सहभागी हुन भने खल्ती एकाउन्टको केवाइसी भेरिफाई हुन जरूरी छ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This