Logo

Global_Ime

अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट सार्वजनिक, अग्नि मोटोइन्कको नेटवर्कमार्फत उपलब्ध हुँदै

अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट सार्वजनिक, अग्नि मोटोइन्कको नेटवर्कमार्फत उपलब्ध हुँदै



अग्नि मोटोइन्क प्रा. लि., अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा “नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट” सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ ।

Laxmi_sunrise
Kumari

१२५ केभीए “४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउनेछ ।

महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC