Logo

सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’सम्पन्न, कर्मचारीहरुलाइ विभिन्न ३१ विधामा सम्मान

सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’सम्पन्न, कर्मचारीहरुलाइ विभिन्न ३१ विधामा सम्मान



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ सालअसोज ३, ४ र ५गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिनु भएका सम्पूर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदा नगर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरियो साथै आर्र्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न ३१ विधामा सम्मान गरियो ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिचकम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजनारहेको समेत जानकारीे दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL