Logo

कोका–कोलाले ल्यायो दसैंँ विशेष क्याम्पेन : ‘सम्बन्ध उत्सव स्वादसँग’

कोका–कोलाले ल्यायो दसैंँ विशेष क्याम्पेन : ‘सम्बन्ध उत्सव स्वादसँग’



काठमाडौं । नेपालको सबैभन्दालोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि ‘सम्बन्धउत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । कम्पनीले दसैं र तिहारलाई मध्यनजर गर्दै ‘सम्बन्धउत्सव स्वादसँग’ क्याम्पेन ल्याइएको जनाएको छ ।

laxmi

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्धउत्सव स्वादसँग’लाई लिएर म एकदमै उत्साहित छु किनकीयसले ठ्याक्कै दसैंँको मुख्यआकर्षणलाई प्रतिविम्बित गरेको छ ।’

दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागिपनि छ । हामी हरेकवर्षको दसैंँमाहाम्राउपभोक्ताहरुको लागि केहीनयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ ।’

कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोलाबोतलको लेबलमाभएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL