Logo

ग्लोबल आइएमइ क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध, डिजिटल माध्यमबाट भुक्तानी गर्न सहज

ग्लोबल आइएमइ क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध, डिजिटल माध्यमबाट भुक्तानी गर्न सहज



काठमाडौं । आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचका लागि सम्झौता गरेको छ ।

laxmi

सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपीएसको उक्त सम्झौता पश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

जस मार्फत डिभिडेण्ड भुक्तानी, डीपीको शुल्क संकलन, ट्रेड तथा मिचुअल फण्ड सम्बन्धी भुक्तानीलगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL