Logo

एससिटीको दमदार दसैं धमाका, थ्रीडी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था

एससिटीको दमदार दसैं धमाका, थ्रीडी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था



काठमाडौं । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेडले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।

laxmi

हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन । साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र रू. १,५०० बराबर को पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ % सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।

अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL